अत्तरिया – सुदूरपश्चिम प्रदेशको जक्सनका रुपमा रहेको अत्तरिया चौक र बजार क्षेत्रको उचित व्यवस्थापन हुन नसक्दा पछिल्लो समय झन–झन कुरुप बन्दै गएको छ ।अत्तरिया यस्तो जक्सन हो जहाँ भएर सुदूरपश्चिमका ७ पहाडी जिल्ला, पुर्र्वी नेपाल, पश्चिममा कन्चनपुरको महेन्द्रनगर र प्रदेशको अस्थाई राजधानी धनगढी जाने बाटा छुट्टिने गर्दछन् ।प्रदेशका अन्य बजारका तुलनामा ठूला सवारी साधनको बढी चहलपहल हुने अत्तरिया बजार जती व्यस्त छ त्यती अस्तव्यस्त पनि छ ।
तस्बिरहरु


अत्तरिया बजार क्षेत्रमा बर्षौ पहिले निर्माण भएका नालीहरु फुटेका छन । ती नालीहरुको समय–सयममा मर्मत नहुँदा अहिले धेरैजसो नाली खुला हुँदा समेत दुर्गन्ध बढेको छ ।

सवारी साधनको बढी चाप हुने अत्तरिया बजारमा जताततै सवारी साधन पार्कीङ गरिने समस्याले पनि बजार अस्तव्यस्त बनेको छ । बजारमा जताततै सवारी रोकिदाँ सडकमा दुर्घटनाको समेत जोखिम बढी छ ।

अत्तरिया चोक मात्रै नभएर बजार क्षेत्रका शाखा सडक पनि ठाउँठाउँमा कालोपत्रे फुट्दा हिलाम्मे र धुलाम्मे छन । कालोपत्रे भएका ठाउँमा पनि पानीको उचित निकास नहुनु, सडकमा निर्माण सामग्री राखिनु जस्ता समस्या रहेका छन ।

अत्तरियामा छाडा गाईगोरुको समस्या पुरानै हो । यहाँका मुख्य राजमार्गमा जताततै छाडा गाईगोरु देख्न सकिन्छ । जसले गर्दा यो क्षेत्रमा दुर्घटनाको जोखिम बढ्नेको साथै सवारी संचालनमा पनि समस्या हुने गरेको छ ।


अत्तरियामा फोहोर व्यवस्थापनका लागि ठाउँठाउँमा फोहर मलाई छन । तर, अधिकान्स फोहर मलाई सो क्षेत्रलाई झन कुरुप बनाईरहेका छन । कुनै फोहर मलाई भरिएर पनि नउठाउँदा फोहर सडकमा फाल्ने गरिएको छ भने कुनै ठाउँका फोहर मलाई भन्दा पनि बाहिर फोहर फाल्ने गरेका कारण सो क्षेत्र झन दुर्गन्धित बनेका छन ।

सबैभन्दा आकर्षणको केन्द्र अत्तरिया चोक झन लामो समय देखि अस्तव्यस्त छ । चोकमा फुटेको कालोपत्रे लामो समय सम्म मर्मत नहुँदा चोक हिलाम्मे र धुलाम्मे हुने सम्मस्या छ ।

अत्तरियाको एकमात्र बसपार्क पनि समस्या रहित छैन । ग्राभेल मात्र भरान गरेर बनाईएको बसपार्क पनि मौसम अनुसार हिलाम्मे र धुलाम्मे हुने गरेको छ ।

अत्तरिया क्षेत्रमा बिस्तार गरिएको विद्युतीय पोलमा अन्य तार अस्तव्यस्त तरिकाले लगाईएका कारण बजार क्षेत्रको सौन्दर्यतामा कमि आउनुका साथै आगलागिको समेत जोखिम छ ।

अत्तरिया बजारमा फराकिला सडक भएपनि जताजतै राखिएका ठेला छाप्राका कारण पनि बजार अस्तव्यस्त बन्ने गरेको छ । व्यस्त सडकका किनारमा अव्यवस्थित तरिकाले खोकाछाप्रा राखिएका छन । जसले बजारमा आवतजावतमा समेत समस्या हुने गरेको छ ।
















