खाेज्नुहाेस

नेपाल बंगलादेश बैंकको १०० औं शाखा कञ्चनपुरको बेलौरीमा

Image

कञ्चनपुर – नेपाल बङ्गलादेश बैंकले शाखा बिस्तारको क्रममा कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका – ८ मा आफ्नो १०० औं शाखा सञ्चालनमा ल्याएको छ ।

navjiwan hospital

उक्त शाखा बेलौरी नगरपालिका प्रमुख पोतीलाल चौधरीको समुस्थितिमा औपचारिक रूपमा सञ्चालनमा ल्याएको बैकले जानकारी गराएको छ ।

attariya hospital

बैंकले सो क्षेत्रका सर्वसाधारणलाई सहज बैँकिङ्ग सेवा सुविधा प्रदान गर्ने उद्देश्यले आफ्नो शाखा सञ्जालमा नयाँ शाखा विस्तार गरेको भन्दै सो शाखाबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पुर्ण बैँकिङ्ग सेवा प्राप्त गर्न सक्ने पनि जनाएको छ ।