खाेज्नुहाेस

बझाङको थलारा माविमा सेनेटरी प्याड मेसिन जडान

Image

बझाङ – छविसपाथिभेरा गाउँपालिका–५ थलारास्थित थलारा माध्यमिक विद्यालयमा सेनेटरी प्याड मेसिन जडान गरिएको छ । महिनावारी भएको बेला विद्यालयका छात्रा तथा शिक्षिकाहरूलाई सजिलो होस् भनी मेसिन जडान गरिएको विद्यालयका शिक्षक झलक धामीले बताए ।

navjiwan hospital

मेसिनमा स्मार्ट कार्ड राखेमा सेनेटरी प्याड उपलब्ध हुने प्रविधि रहेको ग्रामीण जलश्रोत व्यवस्थापन परियोजना छविसपाथिभेरा गाउँपालिकाका फिल्ड संयोजक नरेश मल्लले बताए । छविसपाथिभेरा गाउँपालिका, ग्रामीण जलश्रोत व्यवस्थापन परियोजनाको लगानीमा उक्त मेसिन जडान गरिएको हो ।

attariya hospital

विद्यालयका प्रधानाध्यापक हिक्मत जाग्रीले सेनेटरी प्याड मेसिन जडान भएपछि महिनावारी भएको बेला छात्राहरूले कक्षा छाड्नुपर्ने बाध्यता हट्ने बताए ।

सेनेटरी प्याडको व्यवस्था र उचित शौचालयको व्यवस्था नहुँदा छात्राहरू महिनावारी भएका बेला अनुपस्थित हुने गरेको शिक्षक झलक धामीले बताए । अहिले सेनेटरी प्याड व्यवस्थापन गर्ने सुविधा सहितको अलगै छात्रा शौचालय भएको र सेनेटरी प्याड मेसिन पनि जडान गरिसकेका उनले बताए ।