खाेज्नुहाेस

सुदूरपश्चिम प्रदेश युवा परिषदद्वारा धनगढीमा अन्तरक्रिया

Image

धनगढी – अन्तराष्ट्रिय युवा दिवशको अवसरमा धनगढीमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।

फाया नेपालको सहयोगमा सुदूरपश्चिम  प्रदेश युवा परिषद सुदूरपश्चिम प्रदेशको आयोजनामा ‘युवा स्वरोजगार तथा प्रतिभा पलायन’ बिषयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।

attariya hospital

सुदूरपश्चिममा रहेका युवाहरको अवस्था, बेरोजगारी लगायतको समस्या बारे प्रदेश युवा परिषद सुदूरपश्चिम प्रदेशका कार्यकारी उपाध्यक्ष युवराज कुँवरले प्रस्तुतीकरण गरेका थिए । प्रस्तुतीकरण गर्दै कुँवरले प्रदेशका युवाहरुलाई आत्म निर्भर बनाउने बिषयमा युवा परिषद गम्भिर रहेको कुँवरले बताए । उनले भने ‘प्रदेश सरकारलेपनि युवाका लागी योजना बनाएकै छ तर कुन क्षेत्रमा लगानी गर्ने युवाहरुको अवस्था कस्तो छ यो बारे हामीले निति बनाउने छौँ सकेसम्म युवाका समस्या हामी सम्बोधन गराउने छौँ ।’

navjiwan hospital

कार्यक्रमलाई सम्बोधन गर्दै सुदूरपश्चिम प्रदेशका सामाजिक बिकास मन्त्री लाल बहादूर खड्काले युवाहरुले आफ्नो कर्तब्यनै बिर्षने गरेको बताए । उनले भने ‘युवाहरु आफै जिम्मेवार बन्नुपर्छ आफ्नो बाँझो जमिन छोडेर बिदेशतिरै जानु त भएननी केही गरौँ भन्नेका लागी हामीले कमी गरेका छैनौँ ।’

प्रदेश सरकारले प्रमाणपत्र धितो राखेर श्रृण दिने देखी सहुलियतमा अनुदान लगायत थुप्रै कार्यक्रम छन् । उनले भने ‘काम गर्ने मान्छे सरकारसंग आउनुस हामी सहयोग गर्छौ ।’

कार्यक्रममा बोल्दै सामाजिक बिकास राज्यमन्त्री मना कुमारी साउँदले बिगतमा आउने बजेटले काम गर्ने निकाय नपाउँदा काम नभएको बताइन् ।

उनले भनिन् ‘अब प्रदेश युवा परिषद आएको छ युवा परिषदका उपाध्यक्ष लगायत टिम जुझारु छ अब युवाका सवालमा राम्रो काम हुन्छ अब युवाले आफ्ना् अधिकार संगै कर्तब्यपनि निर्बाह गर्नुपर्छ ।’

प्रदेश युवा परिषदका सदस्य शेर बहादूर बिष्टलले सञ्चालन गरेको कार्यक्रममा स्वागत प्रदेश युवा परिषदका कार्यालय प्रमुख धर्मराज जोशीले गरेका थिए । दिवशकै अवसरमा बुधबार वक्तित्वकला प्रतियोगिताको आयोजना गरेको परिषद्ले बिहीबार रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।