खाेज्नुहाेस

निमोनियाका बिरामीले बाजुराका अस्पताल भरिभराउ

Image

बाजुरा – जिल्ला अस्पताल बाजुरामा केटाकेटीलाई निमोनिया देखिएपछि अस्पताल बिरामीले भरिभराउ भएको छ । एक सातायता दैनिक २० देखि ३० जनासम्म बालबालिकाहरू अस्पताल आउने गरेको अस्पतालका प्रमुख डा. प्रकाश जोशीले बताए । उनले अधिकांशमा निमोनिया देखिएको बताए ।

navjiwan hospital

निमोनिया संगै स्वासप्रस्वासमा समेत समस्या देखिएपछि अक्सिजनको सहारामा बालबालिकाको उपचार भइरहेको डा. जोशीले बताए ।

attariya hospital

उनले अस्पतालमा हाल  १३ जना बालबालिकाको उपचार भइरहेको बताए । अस्पताल भर्ना भएका सबैजसो बालबालिकामा निमोनिया भएको र तीमध्ये एक जनामा कोभिड–१९ समेत पोजिटिभ देखिएको डाक्टर जोशीले बताए ।