खाेज्नुहाेस

कैलालीका ५ प्रहरी निलम्बित

Image

अत्तरिया – कैलालीमा कार्यरत ५ प्रहरी निलम्बनमा परेका छन । धनगढीको एक होटलबाट जुवाडे भगाएको आरोप लागेका ५ प्रहरी निलम्बनमा परेका हुन ।

navjiwan hospital

उक्त घटनाको लागि छानबिन गर्न बनेको समितिको सिफारिसमा ५ प्रहरी निलम्बनमा परेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ प्रहरी उपरीक्षक बिक्रमबहादुर चन्दले जानकारी दिएका छन ।

attariya hospital

धनगढी उपमहानगरपालिका–३ मिलनचौकस्थित एएफसी होटल छापा हान्दै रकम असुलेर जुवाडे भगाएको आरोप लागेपछि प्रहरी वरिष्ठ उपरीक्षक जनकराज पाण्डेयको नेतृत्वमा जुवा प्रकरणको छानबिनका लागि समिति गठन गरिएको थियो ।

कारवाहिमा पर्ने प्रहरीमा प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार नैनाचन्द्र धामी, प्रहरी जवान एकेन्द्र खड्का, प्रेमसिंह धामी, जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी जवान कृष्णप्रसाद जैसी र रामसिंह कुवँर रहेका छन ।