खाेज्नुहाेस

बैतडीमा एक बर्षमा १६० हिंसाका घटना दर्ता, अधिकान्सको कारण मदिरा सेवन

Image

बैतडी – बैतडीमा एक वर्षको अवधिमा १६० वटा हिंसाका घटना घटेका छन् । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाका अनुसार गत आर्थिक वर्ष दर्ता भएका १६० वटा उजुरीमध्ये अधिकांश महिला हिंसाका घटना छन् ।

उजुरी जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय पाटनमा दर्ता भएका हुन्। उजुरीमध्ये १७ वटा जबरजस्तीकरणीका छन् । पाँचवटा जबरजस्तीकरण उद्योगका छन्। बहुविवाहका दुई, बाल विवाहका दुई, अवैध गर्भपतनसम्बन्धी एउटा र मानव बेचबिखन तथा ओसारपोसारसम्बन्धि दुईवटा छन् ।

attariya hospital
navjiwan hospital

यस्तै‚ घरेलु हिंसासम्बन्धी ४० वटा ठाडो उजुरी दर्ता भएका र सबै मिलापत्र गरेर टुंगिएका छन् ।

महिलामाथि हुने  हिंसाका घटनाहरु बढीजसो  मदिरा सेवनका कारण हुने गरेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले बताए । उनले भने, ‘प्रहरीलाई फोनमार्फत होस् वा उजुरीमा पनि मदिरा सेवनका कारण घटना भएको भन्ने आएका हुन्छन् ।’

शिवनाथ गाउँपालिकाका न्यायिक समितिका संयोजक तथा उपाध्यक्ष कुष्मा चन्दले पनि मदिराका कारण महिलाहरु हिंसामा परेर आउने गरेको बताइन् ।