बझाङको भूमिदेव विद्यालय पहिरोको उच्च जोखिममा

बझाङ – बझाङको केदारस्युँ गाउँपालिका–६ मा रहेको भूमिदेव आधारभूत विद्यालय भवन पहिरोको उच्च जोखिममा परेको छ । लगातारको बर्षाका कारण विद्यालयको मैदान पहिरोले भत्किएपछि विद्यालय भवन उच्च जोखिममा परको हो ।

maya metro hospital

साउन १२ गते आएको पहिरोले विद्यालयको मैदान भत्किएको प्रधानाध्यापक मान बहादुर धामीले बताएका छन ।

उनले भिरालो जमिनमा विद्यालय भएकाले पहिरो खस्दा भवन पनि त्किने जोखिम बढेको बताए । ८ कक्षा सम्म पठनपाठन हुने उक्त विद्यालयमा हाल २३५ विद्यार्थी अध्ययनरत छन् ।

attariya hospital

वडाध्यक्ष काशीराम धामीले विद्यालयको मैदानमा २० लाखको ग्याबिन जाली हालेको भएपनि पहिरोले सबै भत्काएको बताए । उनले तत्काल विद्यालय बन्द भएपनि पछि विद्यार्थी कहाँ पठाउँने भन्ने समस्या भएको बताए ।

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.