तुइनबाट सामान ढुवानी गरेर निर्माण गरिदैं महाकाली पुल

कञ्चनपुर – महाकाली नदीमा निर्माणाधीन ४ लेनको पक्की पुल निर्माणका लागि तुइनको प्रयोग गर्न थालिएको छ । असार पहिलो साता महाकाली नदीमा आएको बाढीले पुलसम्मको पहुँचमार्ग बगाएपछि हाल सामान ढुवानी गर्न तुईनको प्रयोग गरिएको हो ।

maya metro hospital

पुल निर्माणका लागि आवश्यक सिमेन्ट, बाइन्डिङ तार, कामदारका औजार लगायत सामग्री तुईनबाट पठाउँन थालिएको महाकाली पुल निर्माण कम्पनी सीएफईसी जेभीका साइट इन्जिनियर रवीन्द्र श्रेष्ठले बताए ।

बाढीले पुलसम्मको पहुँचमार्ग बगाएपछि अस्थायी रूपमा सुरु भएको आवागमन बन्द हुनुका साथै निर्माणस्थलसम्म निर्माण सामग्री ढुवानीमा समेत समस्या भएको छ ।

attariya hospital

झोलुंगे पुलबाट निर्माण सामग्री ढुवानी गर्न महँगो र झन्झटिलो हुने तथा शारदा ब्यारेजको पुलबाट समेत सहज नहुँदा निर्माण कम्पनीले तुइनको सहारा लिन थालेको हो ।

अहिले पुलको स्ल्याब ढलानको काम चलिरहेको छ । पुलका ३२ मध्ये २६ स्ल्याब ढलान भइसकेका छन् । ६ वटा स्ल्याब ढलानको तयारी भइरहेको हो । स्ल्याब ढलानको काम दसैंअगावै सक्ने योजना भए पनि अब मंसिर पुससम्म लम्बिएको छ ।

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.