भारतीय प्रधानमन्त्री मोदी संग अनुरोध गरेर एसएसबीलाई कारवाही गर्न अपील

चार कम्युनिष्ट पार्टीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी संग अनुरोध गरेर एसएसबीलाई कारवाही गर्न अपील गरेका छन ।

maya metro hospital

नेपाल कम्युनिष्ट पार्टी (क्रा.मा), विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल र ऋषि राम कट्टेलको अध्यक्षतामा रहेको नेपाल कम्युनिष्ट पार्टीले शनिबार प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउदै उक्त अपील गरेका हुन ।

ज्ञापन पत्रमा ४ पार्टीले नेपाल सरकारले छिटो घटनाको छानवीन गरी अपराधमा संलग्न एसएसबीलाई हदैसम्मको कारवाही गर्न भारतीय नरेन्द्र मोदी सरकारसँग अनुरोध गर्न अपील गरेका छन् ।

attariya hospital

’विगत २९ वर्षदेखि तुइन संचालन गर्दै आएका प्रत्यक्षदर्शी कल्याणसिँह धामी, बेपत्ता जयसिँह धामीसँगै गएका, तुइन तर्न पालो पर्खी राखेका स्थानीय विक्रम रंकोली र अमिता धामीका अनुसार एसएसबीले नियोजित रुपमा तुइनको लठ्ठा खोलिदिएको प्रमाणित हुन्छ’, विज्ञप्तिमा उल्लेख छ, ’डेढ हप्ता बित्दा पनि जयसिँह धामीको अवस्था अज्ञात हुनु नेपाल र नेपाली जनताको निम्ति निकै सरोकारमुलक, चिन्ताजनक र असह्य विषय हो ।’

श्रावण १५ गते बिहान ८ देखि ९ बजेको बीचमा दार्चुला जिल्ला व्यास गाउँपालिका वडा न २ निबासी ३३ वर्षीय नेपाली युवा जयसिँह धामी तुइन चुँडिएर महाकाली नदिमा खसी बेपत्ता भएका थिए ।

 

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.