सेतीमा उपचाररत १० जनाले कोरोना जिते

 

अत्तरिया – सेती प्रादेशिक अस्पतालमा उपचाररत १० कोरोना संक्रमित निको भएका छन । पछिल्लो २४ घण्टामा अस्पतालमा भर्ना भएका १० जना कोरोना जितेर घर फर्किएका हुन ।
maya metro hospital
अस्पतालले शनिबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार अस्पतालमा थप ४ कोरोना संक्रमित उपचारका लागि भर्ना भएका छन । यो संगै अस्पतालमा कोरोना उपचाररत विरामीको संख्या २३ पुगेको छ ।  जसमध्ये ६ जना आइसियु र ३ जना भेन्टिलेटरमा उपचाररत रहेको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिएका छन ।
attariya hospital
शुक्रबार अस्पतालमा कोरोना उपचारका लागि ६ बिरामी भर्ना भएका थिए भने २ जनाले उपचारका क्रममा ज्यान गुमाएका थिए ।
यसैबिच अस्पतालमा पछिल्लो २४ घण्टामा १ सय ६९ नमूनाको कोरोना जाँच गरिएकोमा १७ जनामा संक्रमण पुष्टि भएको छ ।
शुक्रबार सेतीमा १ सय २१ नमूनाको कोरोना परिक्षण गराउँदा २४ जनामा संक्रमण पुष्टि भएको थियो ।
EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.