खाेज्नुहाेस

कञ्चनपुरमा ४७ हजार बराबरका अवैध सामग्री बरामद

Image

कञ्चनपुर – कञ्चनपुरमा अवैध रुपमा भारतबाट भित्र्याउदै गरेको काठ र मोबाईलका पार्टसहरु बरामद गरिएको छ ।

navjiwan hospital

सशस्त्र प्रहरी बल नेपाल नं. ३५ गण हेडक्वाटर शैलेश्वरी मातहत बोडर आउट पोष्ट बयलबन्दा र ब्रह्मदेवबाट खटिएको सीमा गस्ती टोलीले करिब ४७ हजार ४ सय १० रुपैया बराबरका काठ र मोबाईल पार्टसहरु बरामद गरेको हो ।

attariya hospital

निषेधाज्ञा उल्लघंन गरी अबैध रुपमा उक्त सामग्रीहरु भारतबाट नेपाल भित्र्याउदै गरेको अवस्थामा बरामद गरिएको सशस्त्र प्रहरी उपरिक्षक विरेन्द्र बहादुर ऐरले जानकारी दिए ।

उनले बरामद गरिएका सामग्रीहरु आवश्यक कानूनी कारवाहीको लागि सामुदायिक सेक्टर वन ब्रह्मदेवमा र भन्सार कार्यालय कञ्चनपुरमा बुझाईएको बताए ।