खाेज्नुहाेस

दार्चुलाका प्रजिअलाई भारतको पिथौरागढका जिल्ला अधिकारीको जवाफ : ‘एसएसबीले तुइन काटेको होइन, चिप्लेर युवक आफैँ खसेका हुन’

Image

धनगढी – भारतको पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरुपले तुइनबाट खसेर नेपाली बेपत्ता घटनामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) को कुनै संलग्नता नभएको जवाफ पठाएको छ ।  

जिल्ला प्रशासन कार्यालय दार्चुलाले घटनाबारे छानबिन गरी जवाफ पठाउन पत्राचार गरेपछि भारतको पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरुपले शनिबार दार्चुुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीलाई जबाफ पठाएका हुन् ।

attariya hospital
navjiwan hospital

‘भारतीय सीमा सुरक्षा बल (एसएसबी) को घटनामा कुनै संग्लनता नरहेको भन्दै जबाफ पठाइएको छ’ दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले भने, ‘तुुइन तरिसकेपछि युुवक आफैं चिप्लेर महाकालीमा खसेका हुुन् जवाफमा भनिएको छ ।’

जिल्ला अधिकारी स्वरुपले पठाएको जवाफमा घटनापछि युुवकको खोजी कार्यमा नेपाली पक्षलाई सघाउन भारतले (एसएसबी) को टोली तयारी अवस्थामा राखेको समेत जानकारी गराएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी जोशीले बताए ।

शुुक्रबार बिहान व्याँस गाउँपालिका–२ मालघाटमा तुुइन तर्ने क्रममा स्थानीय जयसिंह धामी खसेर महाकाली नदीमा बेपत्ता भएका थिए । एसएसबीले तुुइनको डोरी निकालेपछि धामी नदीमा खसेर बेपत्ता भएको प्रत्यक्षदर्शीले बताउँदै आएका छन् ।