धनगढी – कैलालीमा नदीमा नुहाउने क्रममा २ बालिकाको मृत्यु भएको छ भने १ बालीका बेपत्ता भएकी छन ।

जिल्लाको भजनी नगरपालिका–९ डोङपुरस्थित कान्द्रा नदीमा नुहाउने क्रममा धनबहादुर सिंहकी नौ वर्षीया छोरी लक्ष्मी सिंह र रामफल चौधरीकी सात वर्षीया छोरी जेनी चौधरीको मृत्यु भएको हो भने ६ वर्षीया अनु सिंह बेपत्ता भएकी हुन ।

बेपत्ता सिँहको खोजी भैरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले बताए । घर नजिकै रहेको कान्द्रा नदीमा नुहाउने क्रममा शुक्रबार साँझ ५ बजेतिर उक्त घटना भएको प्रहरी नायब उपरीक्षक विष्टले बताए ।

















