खाेज्नुहाेस

कञ्चनपुरमा अवैध रुपमा भित्र्याईदै गरेका २ लाख बराबरका सामग्री बरामद

Image

अत्तरिया – कञ्चनपुरमा निषेधाज्ञा उल्लंघन गरी अवैध रुपमा भित्र्याउदै गरेका २ लाख बराबरका सामग्रीहरु बरामद गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. ३५ गण हे.क्वा.शैलेश्वरी तथा मातहत बोर्डर आउट पोष्ट गड्डाचौकी, थापाचोक, पुनर्वास र पशुपतिटोलबाट खटिएका मोबाईल तथा पैदल गस्ति टोलिले २ लाख ८ हजार ४ सय २५ रुपैया बराबरका सामग्री बरामद गरेको हो ।

attariya hospital
navjiwan hospital

टोलीले गस्ती गर्ने क्रममा सुर्ति, बिडी, किराना सामान, कस्मेटिक सामान, ईलेक्ट्रिक सामान, मोटरसाईकल, युरिया मल, थान कपडा तथा तयारी कपडा लगायतका सामग्रीहरु बरामद गरिएको शसस्त्र प्रहरी उपरिक्षक विरेन्द्र बहादुर ऐरले जानकारी दिए ।

बरामद गरिएका सामग्रीहरु आवश्यक कानूनी कारवाहीको लागि गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुर र त्रिनगर भन्सार कार्यालय कैलालीमा बुझाईएको उनले बताए ।