धनगढी – प्रहरीले कञ्चनपुरबाट करिव तीन लाख मूल्य बराबरको भन्सार छलीको चिनी बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले जिल्लाको भीमदत्त नगरपालिका–१ भाँसीबाट दुई लाख त्रिहत्तर हजार मूल्य बराबरको भन्सार छलीको ४२ क्वीन्टल चिनी बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक शिद्धराज न्यौपानेले भीमदत्त नगरपालिका–१८ का १८ वर्षीय बिक्की गुप्ताले भारतबाट भन्सार छली चोरी पैठारी चिनी ल्याएको बताए ।
प्रहरी नायव उपरीक्षक न्यौपानेले बरामद गुप्ता र बरामद गरिएको चिनी आवश्यक कारवाहीका लागि गड्डाचौकी भन्सार कार्यालय पठाइएको बताए ।

















