खाेज्नुहाेस

बाजुराको खाद्य कम्पनि शाखामा चामल अभाव

Image

बाजुरा – बाजुराको खाद्य व्यवस्था तथा व्यापार कम्पनि शाखामा चामल अभाव भएको छ । माग अनुसारको स्विकृत चामल नपुगेपछि जिल्लामा चामल अभाव भएको हो ।

आर्थिक वर्ष ०७७÷०७८ मा कोल्टि शाखाका लागि १० हजार क्विन्टल चामल स्वीकृत भएकोमा ८ हजार क्विन्टल मात्र आएको थियो । बाँकी २ हजार क्विन्टल चामल सुर्खेतबाट आउनुपर्नेमा नआएको जनाइएको छ ।

attariya hospital
navjiwan hospital

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुरा शाखाका अनुसार चालु आर्थिक वर्ष ०७८/०७९ मा ५ हजार क्विन्टल चामल स्वीकृत भएको छ, तर ढुवानीको प्रक्रिया नै अगाडि छैन ।

चामल कम भएपछि एक जनालाई १० केजी चामल मात्र विक्री गर्ने गरेको कोल्टि शाखाले जनाएको छ । शाखामा अहिले ३ सय क्विन्टल चामल मात्र मौज्दात रहेको बताइएको छ ।

सो शाखालाई जिल्ला प्रशासन कार्यलय बाजुराले नागरिकताको आधारमा प्रतिव्यक्ति १० केजी मात्र चामल विक्री गर्न निर्देशन दिएको छ ।