रमेश बहादुर सिह /बझाङ – एमसिसि को सम्झौतामा केही बुदाहरु आपतिजनक रहेका भन्दै सभामुखलाई ज्ञापन पत्र बुझाइएको छ ।
हाम्रो नेपाल हामी नेपाली, भ्रस्टाचार विरुद्दको अभियान बझाङले प्रमुख जिल्ला अधिकारि मोहन अधिकारी मार्फत संसद सचिवालयका सभामुखलाइ ज्ञापनपत्र बुझाएको हो ।


‘नेपाल सरकार र अमेरिकन सस्थान बिच भयको सम्झौताका केहि बुदाँहरुमा नेपालको रास्ट्रीयता, सार्वमौलिकता, अखन्डता, नागरिक स्वतन्त्रता, रास्ट्रीय सुरक्षा लगायतका केहि बिषय रास्ट्रघाति कदम हुन भन्ने हाम्रो अभियानको ठहर रहेको हुँदा यो सम्झौता प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’ अभियानका जिल्ला संयोजक दिर्घराज उपाध्यायद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा भनिएको छ ‘एमसिसि परियोजनाबाट प्राप्त हुने पचास हजार अमेरिकी डलर बराबरको रकम हाल नेपालमा काम गर्दै आएको एनसेल बाट प्राप्त हुने लाभकर नै काफी हुने कुरा सम्मानित सर्वाेच्च अदालतको फैसलाले प्रमाणित गरिदिएको छ ।’
यसका साथै ज्ञापन पत्रमा जनताको चाहाना÷भावना विपरित हाल संसद सचिवालयमा दर्ता भएको एमसिसि सम्झौता अविलम्ब÷तत्काल खारेजीका लागी ज्ञापन पत्र मार्फत ध्यानाकर्षण गराईएको भनिएको छ ।


















