खाेज्नुहाेस

कैलाली, कञ्चनपुरमा छाडा पशु चौपायालाई ट्राफिक प्रहरीले लगायो रिफ्लेक्टिव वेल्ट

Image

धनगढी – ट्राफिक प्रहरीले सडकमा छाडा छोडिएका चौपायाहरुमा स्टिकर टास्ने अभियान थालेको छ ।

सडकमा छाडा रुपमा छोडिएका पशु चौपायाका कारण सडक दुर्घटना बढेको भन्दै ट्राफिक प्रहरी कार्यालय कैलाली र कञ्चनपरले टल्कने स्टिकर टास्ने अभियान थालनी गरेको हो ।

attariya hospital
navjiwan hospital

दुवै जिल्लाका सडक खण्ड तथा मुख्य बजार क्षेत्रमा छोडिएका पशु चौपायामा रातको समयमा टल्कने स्टिकर लगाउने अभियान थालिउको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरिक्षक विरेन्द्र बहादुर बोहराले बताए ।

उनका अनुसार कैलाली यातायात प्रा.लिको सहयोगमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत धनगढी–अत्तरिया ६ लेन सडक खण्ड तथा बजार क्षेत्रमा रहेका छाडा चौपयामा रिफ्लेक्टिव वेल्ट लगाईएको हो । रातिको समयमा यसले सवारी चालकले सहजै छाडा चौपायालाई देख्न सक्ने उनको भनाई छ ।

उता कञ्चनपुरमा अस्थायी ट्राफिक प्रहरी पोष्ट गुलरियामा कार्यरत प्रहरी नायब निरिक्षक सावन सिँह क्षेत्री भाटको टोलीले रातको समयमा हुने सडक दुर्घटना न्युनिकरणका लागि छाडा पशु चौपायाहरुलाई रिफ्लेक्टिव वेल्ट लगाएको हो ।

अन्य स्थानको तुलनामा पुर्व पश्चिम राजमार्ग सडक खण्ड तथा मुख्य बजार क्षेत्रमा छाडा छोडिएका चौपायाको संख्या धेरै भएको हुँदा सो क्षेत्रमा यो अभियान शुरु गरेको प्रहरीले जनाएको छ । रातको समयमा चौपायाहरु सडकमा आउने र चालकले नदेख्ने हुँदा दुर्घटना हुने गरेकोे छ ।