खाेज्नुहाेस

कैलालीको पहलमानपुरमा अखिल (क्रान्तिकारी) को प्रर्दशन

Image

अत्तरिया – अखिल (क्रान्तिकारी) कैलालीले वैदेशिक हस्तक्षेपका पहलमानपुरमा प्रर्दशन गरेको छ ।

कार्यक्रमलाई अखिल (क्रान्तिकारी) का जिल्ला संयोजक सुबास किरण जोशीले सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा बोल्दै जोशीले वैदेशिक हस्तक्षेपका विरुद्ध संघर्षमा उत्रिन सबैलाई अपिल गरे ।

attariya hospital
navjiwan hospital

उनले सरकारको लाचारीका कारण लिपुलेख, कालापानी र सुस्ता लगायतका ठाउँहरुमा छिमेकीले सिमा अतिक्रमण बढाएको बताउदै राष्ट्रिय स्वाधीनताको लडाइँमा एक ढिक्का भएर अगाडि बड्न आम युवा विद्यार्थी र जनतालाई आग्रह गरे ।

उनले सिमा क्षेत्रमा भैरहेका अतिक्रमणका विषयमा छिमेकी देशसँग सरकारले तत्काल वार्ता गरी समस्या समाधान गर्नुपर्ने बताए ।

यसका साथै मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसि) जस्ता राष्ट्रघाती सम्झौता गरि सार्वभौम देशलाई साम्राज्यवादि सेना को अखाडा बनाउन खोजे जस्तोसुकै प्रतिरोध गर्न पनि तयार रहेको उनले बताए ।

प्रदर्शनमा सिमा हस्तक्षेप बन्द गर, लिपुलेख, कालापानी, लिप्पियाधुरा हाम्रो हो, सुगौली सन्धि लगायत सबै असमान सन्धि सम्झौताहरु खारेज गर, राष्ट्रघाती एससिसि सम्झौता खारेज गर, सबैखाले वैदेशिक हस्तक्षेप बन्द गर जस्ता नारा लगाइएको थियो ।