खाेज्नुहाेस

महाकालीमा पानीको बहाव बढेसँगै वनबासा पुलमा आवागमन बन्द

Image

धनगढी – महाकाली नदीमा पानीको बहाव बढे पनि पश्चिमीनाका गड्डाचौकीबाट नेपाल–भारत आवागमन आज बिहानसम्म रोकिएको छैन ।

इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायब निरीक्षक जीवन गुरुङले नदीमा पानीको बहाव एक लाख ४० हजार क्युसेक नाघेको बताए ।

attariya hospital
navjiwan hospital

उनले दिएको जानकारी अनुसार महाकालीमा पानीको बहाव एक लाख क्युसेक पुगेपछि पुलमा हिँडडुल गर्न जोखिम हुने भन्दै भारतीय पक्षले चार पाङ्ग्रे सवारीसाधनलाई रोक लगाउँदै आएको छ ।

पुलबाट यात्रुलाई पैदल यात्रामा भने कुनै रोकटोक नरहेको गुरुङले जानकारी दिए। यहाँबाट दैनिक चार सयदेखि पाँच सय नेपाली रोजगारीका लागि भारत गइरहेको प्रहरीले जनाएको छ ।

‘केही दिनयताबाट भारतीय पक्षले पिसिआर परीक्षण रिपोर्टबिना नै भारत जान दिइरहेको छ’ उनले भने, ‘सीमामा भारतीय सुरक्षाकर्मीले रोजगारीका लागि जानेको नागरिकता, आधारकार्डलगायतका कागजात भने हेर्ने गर्छन ।’

रासस