अत्तरिया – नेपाली कांग्रेसका युवा नेता धुर्व भट्टराई समन्वय विभागको सुदूरपश्चिम प्रदेश सह संयोजकमा मनोनित भएका छन ।

कांग्रेसको शुभेच्छुक संस्था समन्वय विभागको प्रदेश सह संयोजकमा भट्टराई मनोनित भएका हुन । विभागका विभागीय प्रमुख एनपि साउँदद्धारा हस्ताक्षरित पत्रमा विभागको प्रदेश सहसंयोजकमा मनोनित गरिएको बताईएको छ ।

पार्टीका अन्य शुभेच्छुक संस्थाहरुसँग समन्वय गरी पार्टी सुदृढिकरण गर्न महत्वपुर्ण भुमिका निर्वाह गर्ने विश्वासका साथ मनोनित गरिएको समेत पत्रमा उल्लेख गरिएको छ ।
















