धनगढी – बालबालिकाकालाई मनोरञ्जन र पर्यटन प्रवर्द्धन गर्न धनगढीमा बाल उद्यान सञ्चालनमा ल्याइएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १९ मा ‘फूलवारी बाल उद्यान’ सञ्चालनमा ल्याइएको हो ।

एक समारोहकाबीच धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वड र उपप्रमुख शुशिला मिश्र भट्टले संयुक्त रुपमा उद्यानको रिवन काटेर समुदघाटन गरेका हुन् ।

दुई करोड ३८ लाख ११ हजार छ सय ७० लागतमा निर्माण भएको सो उद्यानको निर्माण कार्य २०७६ सालदेखि निर्माण कार्य थालिएको थियो ।
धनगढी उपमहानगरपालिकामा हालसम्म धनगढी उपमहानगरपालिका वडा नम्बर १, वडा नम्बर २ र वडा नम्बर १९ मा बाल उद्यान सञ्चालनमा रहेका छन् ।

















