खाेज्नुहाेस

छाडा चौपायासँग मोटरसाइकल ठोक्किँदा कैलालीमा एक जनाको मृत्यु

Image

धनगढी – सडकमा छाडा छोडिएका पशु चौपायासँग मोटरसाईकल ठोक्किदा कैलालीमा एक जनाको मृत्यु भएको छ ।

navjiwan hospital

जिल्लाको लम्कीचुहा नगरपालिका – ६ गुलरास्थित पूर्व पश्चिम राजमार्गमा से ३ प ५९५४ नम्बरको मोटरसाइकल छाडा पशु चौपायासँग ठोक्किदा जोशिपुर गाउँपालिका – २ का २६ वर्षिय पदम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

attariya hospital

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाईकल चालक चौधरीलाई उपचारका लागि कोहलपुर लगिएकामा शुक्रबार राति मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

मोटरसाइकल इलाका प्रहरी कार्यालय लम्कीको नियन्त्रणमा रहेको बताइएको छ ।