खाेज्नुहाेस

बैतडीमा पूर्ण सिट क्षमताका आधारमा सवारी सञ्चालन

Image

बैतडी – बैतडीमा शुक्रबारदेखि पूर्ण सिट क्षमतामा जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालनमा आएका छन्। असार १६ देखि आधा सिट क्षमतामा मात्रै सार्वजनिक सवारी साधन सञ्चालन भइरहेकामा शुक्रबारदेखि निषेधाज्ञा थप खुकुलो भएसँगै पूर्ण सिट क्षमतामा सार्वजनिक सवारी साधन सञ्चालन आएका हुन्।

प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेद्वारा शुक्रबार जारी गरिएको आदेशानुसार जिल्लाभित्र पूर्ण सिट क्षमताका आधारमा यात्रु बोक्न पाइने भनिएको छ।

attariya hospital
navjiwan hospital

सवारी साधन सञ्चालन गर्दा चालक र सहचालकले अनिवार्य एन्टिजेन परीक्षण भने गर्नुपर्ने आदेशमा उल्लेख गरिएको छ। जिल्लाभित्र सार्वजनिक सवारी तथा निजी भाडाका गाडी जनस्वास्थ्य मापदण्डको पूर्णपालना गरी बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालनमा आएका हुन्। यसअघि असार १६ गतेदेखि जिल्लामा आधा सिट क्षमतामात्रै सार्वजनिक सवारी साधन सञ्चालन हुँदा यात्रुले चर्को भाडा तिर्नु परेको थियो। बैतडीमा वैशाख २० गतेदेखि जारी रहेको निषेधाज्ञा साउन १५ गतेसम्म लम्ब्याइएको छ।

निषेधाज्ञाको उक्त अवधिमा सबै कार्यालयले सार्वजनिक सेवा नियमित रुपमा प्रवाह हुनेछन्, सबै प्रकारका पसल बिहान ६ देखि साँझ ७ बजेसम्म सञ्चालन गरिने भएको छ।

व्यापारीको हरेक १५–१५ दिनमा कोरोना परीक्षण विवाह व्रतबन्धजस्ता धार्मिक कार्य बढीमा २५ जनासम्म उपस्थित हुने र जनस्वास्थ्य मापदण्ड अपनाएर गर्न पाइनेछ। यस्तै मेला, महोत्सव, सम्मेलन र खेलकुद गतिविधिमा भने रोक लगाइएको छ। भारतसँग सीमा जोडिएका जिल्ला बैतडीमा कोरोनाकै कारण जिल्लाका हालसम्म १८ जनाको मृत्यु भइसकेको छ।

रासस