अत्तरिया – सेती प्रदेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६५ नमूनाको कोरोना परिक्षण गरिएकोमा १९ संक्रमित थपिएका हुन ।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमित अस्पतालबाट निको भएर घर फर्किएका छन ।

अस्पतालमा हाल १७ कोरोना संक्रमित उपचाररत रहेका छन । जसमध्ये २ जनाको आइसियुमा उपचार भईरहेको छ ।


















