खाेज्नुहाेस

महङ्गी र कालोबजारीका विरुद्ध धनगढीमा प्रदर्शन

Image

धनगढी – अखिल (क्रान्तिकारी) कैलालीले महङ्गी कालोबजारीका विरुद्ध कैलालीको धनगढीमा प्रदर्शन गरेको छ । मगंलबार अखिल (क्रान्तिकारी) ले धनगढी स्थित मुख्यमन्त्रीको कार्यालय अगाडि प्रदर्शन गरेको हो ।

navjiwan hospital

उक्त  प्रदर्शनलाई अखिल (क्रान्तिकारी) का जिल्ला संयोजक सुबास किरण जोशीले सम्बोधन गर्दै सरकारकै संरक्षणमा महङी र कालोबजारी मौलाएको बताएका छन् । उनले दिनप्रतिदिन पेट्रोलियम पदार्थको मुल्य वृद्धिले जनताको दैनिकी निकै दर्दनाक भएको बताए ।

attariya hospital

प्रदर्शनका क्रममा उनिहरुले दैनिक उपभोग्य बस्तुको सहज आपूर्ति गर्नुपर्ने, किसानहरुलाई उचित मुल्य निर्धारण गर्नुपर्ने, निजि शैक्षिक संस्थाले गरेको मनपरि शुल्क वृद्धि तत्काल फिर्ता लिनुपर्ने, शिक्षा माथिको कर हटाउनुपर्ने, शिक्षक र विद्यार्थीलाई कोरोनाको खोप तत्काल ब्यबस्था गरि शैक्षिकसत्र सुचारु गर्नुपर्ने लगाएतका माग गरेका थिए ।

माग पुरा नभए कडा संघर्ष गर्न बाध्य हुने अखिल (क्रान्तिकारी) ले जनाएको छ ।