धनगढी – कैलालीको धनगढी लगायत चार वटा स्थानीय तहमा संचालन भैरहेका सुरक्षित आप्रवासन परियोजना (सामी) संगको सम्झौता नविकरण गरिएको छ ।
मंगलबार धनगढीमा बसेको स्थानीय सरकार परियोजना व्यवस्थापन समितिको बैठकले आप्रवासन परियोजना (सामी) र स्थानीय सेवा प्रदायक संस्था ट्रेस प्रालि संगको आर्थिक बर्ष २०७८/०७९ का लागि सम्झौता नविकरण गरेको हो । परियोजना ब्यबस्थापन समितिले स्थानीय सेवा प्रदायक संस्था ट्रेस प्रालिले सम्झौता अनुसार कार्य सम्पादन गर्न सफल भएको भन्दै पुनः एक आर्थिक बर्षका लागि समय थप पर्ने निर्णय गरेको हो ।


बैठकमा परीयोजनाले आर्थिक बर्ष २०७७/०७८ मा प्राप्त गरेका मुख्य उपलब्धी, सिकाई र देखापरेका चुनौतीका बारेमा छलफल भएको धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले बताए । ‘यो नेपाल सरकारको कार्यक्रम भएकाले स्थानीयतहले आफै पनि समन्वय बढाउनु पर्ने देखिन्छ , नगरप्रमुख वडले भने, ‘सेवा प्रदायक संस्थालाई पनि सुझाव दिएका छौं ।’
बैदेशीक राजगारीलाई व्यवस्थीत र सुरक्षित बनाउनका लागि धनगढी उप–महानगरपालिका, टिकापुर नगरपालिका, घोडाघोडी नगरपालिका र जानकी गाउँपालिकामा सुरक्षित आप्रवासन (सामी) सुरक्षित बैदेशीक रोजगार सम्वन्धी परियोजना संचालन हुदै आएको छ । परियोजना अन्तरगत चारवटै स्थानीय तहको समन्वय तथा हेल्भेटास सामी र ट्रेस प्रालीको साझेदारीमा काम भैरहेको छ ।
ट्रेस प्रालिका अध्यक्ष छत्रबहादुर बमले जती सक्दो कार्यक्रमलाई प्रभावकारी बनाउन संस्था लागिपरेको बताए । बैठकको सहजीकरण परियोजना फोकल व्यक्ति तथा धनगढी उप–महानगरपालिका सामुदायीक विकास शाखा प्रमुख टंक बिष्टले गरेका थिए ।



















