अत्तरिया – सुदूरपश्चिम प्रदेशमा मंगलबार ६६ संक्रमित थपिएका छन । पछिल्लो २४ घण्टामा एन्टीजेन बिधिबाट ७ सय ५७ नमूनाको परिक्षण गर्दा १७ जना र पीसीआर बिधिबाट २ सय २१ नमूनाको कोरोना परिक्षण गर्दा ४९ जनामा संक्रमण पुष्टि भएको हो ।
यो संगै प्रदेशमा कोरोना संक्रमितको संख्या ४४ हजार ३ सय २६ पुगेको छ ।


स्वास्थ्य निर्देशनालय डोटीका अनुसार पछिल्लो २४ घण्टामा १६ जनाले कोरोना जितेका छन । यो संगै प्रदेशमा कोरोना जित्नेको संख्या ३५ हजार २ सय १० पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण कसैको पनि ज्यान नगएको निर्देशनालयले जनाएको छ ।


















