खाेज्नुहाेस

तीनजना मन्त्री बनाउने देउवाको प्रस्ताव

Image

काठमाडौँ – सर्वोच्च अदालतको आदेश अनुसार आज (मंगलबार) प्रधानमन्त्री पदमा नियुक्त हुन लागेका कांग्रेस सभापति शेरबहादुर देउवाले पहिलो चरणमा तीनजना मात्रै मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् । उनले आफ्नो दल कांग्रेस र सत्ता साझेदारी गर्न लागेका दलहरूसँगको छलफलमा पहिलो चरणमा तीनजना मन्त्रीलाई मात्रै शपथ गराउने प्रस्ताव गरेका छन् ।

navjiwan hospital

कांग्रेसका एक पदाधिकारीका अनुसार देउवाले कांग्रेसबाट एक, माओवादीबाट एक र जसपाबाट एकजनालाई मन्त्री बनाउने तयारी गरेका छन् । देउवानिकट स्रोतका अनुसार कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्कीलाई मात्र मंगलबार मन्त्री बनाउने मनशाय देउवाले व्यक्त गरेका छन् ।

attariya hospital

उनले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालासँग पनि यसबारे छलफल गरेका छन् । ’परिस्थितिमा कुनै फेरबदल भएन भने आज तीनजना मन्त्रीले मात्रै शपथ लिन्छन्, कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की हुने सम्भावना छ,’ देउवानिकट नेताले बताए ।

३० दिनभित्र संसद्मा विश्वासको मत लिनुपर्ने प्रावधान भएकाले त्यसअघि ठूलो मन्त्रिपरिषद् नबनाउने तयारी देउवाले गरेको पनि ती नेताले बताए ।