धनगढी – विगत देखी नै विवादमा रहेको खप्तड मालीका यातायात प्रा.ली. को धनगढीमा रहेको बस काउन्टरमा ताला लगाईएको छ ।
लगातार विवादित भएपछि शान्ती सुरक्षामा खलल पुग्ने अवस्था देखिएको भन्दै उक्त काउन्टरमा प्रहरीले ताला लगाएको हो ।


विगतदेखी नै उक्त यातायात प्रा.ली. का पदाधिकारीहरु बिच मनमुटाव हुदै आएको र विवाद झनै बढ्न सक्ने अवस्था देखिएपछि काउन्टरमा तालाबन्दी गरिएको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता तथा प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले जानकारी दिए ।
प्रालिका पदाधिकारीहरु दुई समुहमा विभाजित भएपछि विवाद बढ्दै गएको प्रालीका सल्लाहकार शिवराज गुरुङ्गले बताए ।
यातायात प्रालिका शेयर सदस्य अनन्तराज जोशी र दिल बहादुर खलौला विच बस टिकट काउन्टरका विषयमा विवाद भईरहेको हुदाँ अर्को व्यवस्था नभए सम्म बन्द गर्न धनगढी उप–महानगरपालिकाले गत बैशाख १४ गते सिफारिस गरेको थियो ।



















