कञ्चनपुर – हात्तिले आतंक मच्चाउदा कञ्चनपुरको आरक्षपीडित बस्तीमा ३ घरमा क्षती पुगेको छ ।
बिहिबार राति आएको हात्तीको बथानले लालझाडी गाउँपालिका – ६ देखतभुली चान्देवका आरक्षपीडित बस्तीका तीन घर–टहरा भत्काइदिएको हो ।


निकुञ्जबाट आएको हात्तिको बथानले आरक्षपिडित हर्कबहादुर शाह, गणपती शर्मा र दिलेदत्त भट्टको घर भत्काएको आरक्षपिडित संघर्ष समितिका अध्यक्ष हिरासिँह भण्डारीले बताए ।
उक्त हात्तिको बथानले घर भत्काउनुका साथै अन्न बाली पनि नष्ट गरेको उनले बताए । हात्तीले घर भत्काएपछि वर्षातका वेला पीडित तीनै परिवारको बिचल्ली भएको छ । उनीहरू आफन्तको घरमा बस्न बाध्य भएका छन् ।
घर मर्मतका लागि काठ अभाव र स्तरीय घर निर्माणका लागि पैसा नहुँदा परिवारको बिचल्ली भएको पिडितहरुले बताएका छन । जंगली हात्तीको बथानले हरेक वर्ष पीडित बस्तीमा ताण्डव मच्चाउँदै आएको छ ।
०५८ सालमा तत्कालीन शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा विस्थापित भएका आरक्षपीडितको अझैसम्म पनि पुर्नस्थापना नहुँदा उनीहरू बिचल्लीमा परेका हुन् ।




















