अत्तरिया – सुदूरपश्चिम प्रदेशमा सोमबार थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ७ सय ८ नमूनाको एन्टीजेन बिधिबाट कोरोना परिक्षण गर्दा २४ जना र ३ सय ४७ नमूनाको पीसीआर बिधिबाट कोरोना परिक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि भएको हो ।


यो संगै प्रदेशमा कोरोना संक्रमितको संख्या ४३ हजार ९ सय ३२ पुगेको छ । जसमध्ये ३५ हजार ३ जनाले कोरोना जितेका छन ।
स्वास्थ्य निर्देशनालय डोटीका अनुसार पछिल्लो २४ घण्टामा थप २३ जनाले कोरोना जितेका छन ।
प्रदेशमा पछिल्लो २४ घण्टामा कसैको पनि कोरोनाका कारण ज्यान नगएको निर्देशनालयले जनाएको छ ।

















