खाेज्नुहाेस

कञ्चनपुरमा असार मसान्तसम्म निषेधाज्ञा थपियो, तालिम गोष्ठि पनि गर्न पाइने

Image

अत्तरिया – कञ्चनपुरमा जारी निषेधाज्ञा असार मसान्त सम्म थपिएको छ । जिल्लामा कोरोना संक्रमणको जोखिम कायमै रहेकोले निषेधाज्ञा असार ३१ गते सम्म थप गरिएको जनाईएको छ ।

सोमबार प्रमुख जिल्ला अधिकारी राम प्रसाद पाण्डेद्धारा जारी आदेशमा यसअघि जारी निषेधाज्ञाका मापदण्डलाई निरन्तरता दिईएको छ ।
जस अनुसार होटल रेष्टुरेन्ट बाहेकका पसलहरु बिहान ६ बजे देखि साँझ ६ बजे सम्म खोल्न पाईने, सार्वजनिक सवारी साधन बिहान ६ बजे देखि साँझ ७ बजे सम्म संचालन गर्न पाईने लगायतका मापदण्ड तोकिएका छन ।

attariya hospital
navjiwan hospital

यस्तै गोष्ठि, तालिम, बैठक, समिक्षा, प्रशिक्षण जस्ता क्रियाकलाप संचालन गर्दा भर्चुअल माध्यमबाट गर्न भनिएको छ । तर, भौतिक रुपमा उपस्थित हुनै पर्ने भएमा बढीमा २५ जना सहभागि भएर कार्यक्रम गर्न सकिने प्रमुख जिल्ला अधिकारीबाट जारी आदेशमा उल्लेख छ ।

यस्तै विवाह ब्रतवन्धजस्ता कार्यहरुमा १० जनासम्म मात्र भेला भएर स्वास्थ्य सर्तकता अपनाएर मात्रै गर्न पाउने जनाईएको छ ।