खाेज्नुहाेस

चिकित्सकको स्विकृती बिना औषधि किन्ने र बेच्ने पक्राउ

Image

अत्तरिया – जिल्ला प्रहरी कार्यालय कैलालीले चिकित्सकको स्विकृती बिना औषधी किन्ने र बेच्ने २ जनालाई पक्राउ गरेको छ । प्रहरीले स्विकृती बिना औषधी किन्ने धनगढी उपमहानगरपालिका– १३ का २१ बर्षीय सोमराज जोशी र औषधी बिक्री गर्ने सन्तोष मेडिको प्रालिमा काम गर्ने धनगढी उप–महानगरपालिका – ५ का २३ बर्षीय करन चौधरीलाई पक्राउ गरेको हो ।

औषधी खरिद गरी घर गईरहेका जोशीलाई प्रहरीले बिशेष सूचनाका आधारमा पक्राउ गरिएको जनाएको छ । उनलाई प्रहरीले साईकलमा घर गईरहेको अवस्थामा धनगढी उपमहानगरपालिका – १ एलएन चोकबाट पक्राउ गरेको हो ।

attariya hospital
navjiwan hospital

पक्राउ परेका जोशीको साथबाट चिकित्सकको स्विकृती बिना खरिद गरिएको स्पास्मो २० ट्याब्लेट, पर्लिन–७५ का २ क्याप्सुल र प्रेग्यास्टार–१५० लेखेको १२ क्याप्सुल बरामद गरिएको जनाईएको छ ।

प्रहरीले स्विकृती बिना औषधी किनेको पाएपछि अनुसन्धान गर्दै जादाँ उक्त औषधी धनगढी उपमहानगरपालिका – १ मै रहेको सन्तोष मेडिको प्रालिबाट किनेको पाईएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रहरीले उक्त पसलमा छापा मार्दा स्पास्मो २०२ टयाब्लेट, पर्लिन–७५ का २९७ क्याप्सुल र प्रेग्यास्टार–१५० का ६१५ क्याप्सुल फेला पारेको जनाएको छ ।

प्रहरीले बरामद औषधी र पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीका लागि औषधी व्यवस्था विभाग नेपालगञ्ज पठाउने तयारी भइरहेको जनाएको छ ।