खाेज्नुहाेस

डोटी र दार्चुलामा असार मसान्त सम्म निषेधाज्ञा थपियो  

Image

अत्तरिया – डोटी र दार्चुलामा असार मसान्त सम्मका लागि निषेधाज्ञा थप गरिएको छ । दुवै जिल्ला प्रशासन कार्यालयहरुले कोरोना महामारीको जोखिम कायमै रहेकाले निषेधाज्ञा थप गरेको जनाएका छन ।

जिल्ला प्रशासन कार्यालय डोटीका प्रमुख जिल्ला अधिकारी सुनील खनालद्धारा जारी आदेश पत्रमा निषेधाज्ञालाई असार ३१ गते राती १२ बजे सम्म निरन्तरता दिईएको उल्लेख छ ।

attariya hospital

आदेश पत्रमा आदेशको उलंघन गर्ने, आदेशको पालना गर्ने कार्यमा अवरोध गर्ने, औषधी, औषधीजन्य सामाग्री, अत्यावश्यक उपभोग्य बस्तु वा सेवाको आपुर्तिमा कृतिम अभाव सिर्जना गर्ने, मुल्यबृद्धि गर्ने, जम्माखोरी गर्ने, लुकाउने वा सहज आपूर्तीमा अवरोध गर्नेहरु उपर कोभिड –१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७८ र स्थानिय प्रशासन ऐन, २०२८ बमोजिम कारबाही गरिने उल्लेख छ ।

navjiwan hospital

यस्तै जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीद्धारा जारी आदेशमा यसअघि जारी सवारी साधनमा लागु गरिएको जोर बिजोर प्रणाली हटाईएको जनाइएको छ ।

आदेशमा सवारी साधनमा क्षमता भन्दा बढी यात्रु राख्न नपाईने, स्वास्थ्य मापदण्ड पुर्ण रुपमा पालना गर्नुपर्ने उल्लेख छ । जिल्ला बाहीर जाने सवारी साधनमा भने पास अनिवार्य गरिएको छ । दुवै जिल्लामा यसअघि जारी निषेधाज्ञा आईतबार राति सकिदै छ ।