अत्तरिया – सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा कोरोना परिक्षण नगरिएको अस्पतालले जनाएको छ । अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले नियमिति कोरोना अपडेट दिने क्रममा सो जानकारी दिएका हुन ।

उनका अनुसार पछिल्लो २४ घण्टामा ३ जना कोरोना संक्रमित अस्पतालमा भर्ना भएका छन ।

हाल अस्पतालमा १५ जना कोरोना संक्रमितको उपचार भईरहेको छ । जसमध्ये ३ जनाको आइसियु र २ जनाको भेन्टिलेटरमा उपचार भईरहेको छ ।
अस्पतालमा शनिबार ७७ नमूनाको कोरोना परिक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि भएको थियो ।

















