अछाम – अछाममा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृृत्यु भएको छ । दुर्घटनामा ट्याक्टरका सहचालक २४ बर्षीय खकेन्द्र बोहराको मृत्यु भएको हो ।

बिहिबार बान्नीगढी जयगढ गाउँपालिकाको केन्द्र जयगढ बजारबाट वडा नम्बर ४ तिमिल्सैन तर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००त ४४१२ नम्बरको ट्याक्टर दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा घाईते भएका बोहराको उपचारको क्रममा मृत्यु भएको हो ।

उनको बयलपाटा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।















