खाेज्नुहाेस

सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा निरञ्जन विष्ट नियुक्त

Image

धनगढी – सुदूरपश्चिम प्रदेशको मुख्य न्यायाधिवक्तामा निरञ्जन विष्ट नियुक्त भएका छन् । मुख्यमन्त्री खगराज भट्टको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले विष्टलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।

navjiwan hospital

विष्ट उच्च अदालत दिपायल, महेन्द्रनगर इजलास बार एसोसिएसनअन्तर्गत २४ वर्षदेखि अधिवक्ताका रूपमा वकालत गर्दै आएका छन् ।

attariya hospital

यसअघि मुख्य न्यायाधिवक्ता रहेका ठेकेन्द्रराज जोशीले राजीनामा दिएपछि उक्त पद रिक्त रहेको थियो । जोशीको राजीनामा स्वीकृत भएपछि रिक्त पदमा विष्ट नियुक्त भएका हुन् ।