खाेज्नुहाेस

डोटीमा सायल खोला किनारमा महिलाको शव फेला, सँगै गएका शेरबहादुर बेपत्ता

Image
सांकेतिक फाेटाे

डोटी – डोटीमा धान चुट्न घरबाट हिँडेकी एक महिलाको शव खोला किनारमा फेला परेको छ । आदर्श गाउँपालिका–५ तलारा बस्ने करिब ३१ वर्षीया लक्ष्मी ओझाको शव सायल खोला किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

navjiwan hospital

प्रहरीका अनुसार लक्ष्मी ओझा र सोही ठाउँका करिब ४५ वर्षीय शेरबहादुर बोहरा धान चुट्नका लागि सोमैजी माण्डुतर्फ गएका थिए । तर, उनीहरू त्यहाँ नपुगेपछि आफन्त र छिमेकीले खोजी सुरु गरेका थिए ।

attariya hospital

खोजी गर्ने क्रममा लक्ष्मीको शव सायल खोला किनारमा फेला परेपछि घटनाबारे प्रहरीलाई जानकारी गराएको वडाध्यक्ष उत्तमबहादुर सिंहले बताए । सूचना पाएलगत्तै प्रहरी सहायक निरीक्षक सुमन ओझाको कमाण्डमा तीन जनाको टोली घटनास्थलमा खटिएको थियो ।

लक्ष्मीका साथमा गएका बोहराको भने अझै खोजी भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय डोटीबाट प्रहरी निरीक्षक वासुदेव अवस्थीको कमाण्डमा पनि घटनास्थलमा टोली खटाइएको छ । महिलाको मृत्युको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।