खाेज्नुहाेस

धनगढीमा स्वीकृति नलिई सञ्चालित दुई स्वास्थ्य संस्थालाई बन्द गर्न निर्देशन

Image

धनगढी – धनगढीमा स्वीकृति नलिई स्वास्थ्य सेवा सञ्चालन गरिरहेका दुई निजी स्वास्थ्य संस्थालाई तत्काल सेवा बन्द गर्न निर्देशन दिइएको छ। जिल्ला स्वास्थ्य कार्यालय कैलाली, जिल्ला प्रशासन कार्यालय कैलाली, उद्योग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढी र औषधि व्यवस्था विभाग नेपालगन्जको संयुक्त टोलीले धनगढीका विभिन्न निजी स्वास्थ्य संस्थामा अनुगमन गरेको थियो।

navjiwan hospital

सो अनुगमनका क्रममा धनगढी उपमहानगरपालिका–१ मा सञ्चालित श्रद्धि डाइग्नोस्टिक सेन्टर र सहिद गेटमा रहेको सन्तति आईभीएफ सेन्टरले सम्बन्धित निकायबाट सेवा सञ्चालनको स्वीकृति नलिएको पाइएको टोलीले जनाएको छ। स्वास्थ्य सेवा सञ्चालनका लागि आवश्यक स्वीकृति नलिई सेवा सञ्चालन गरेको भेटिएपछि दुवै संस्थालाई तत्काल सेवा बन्द गर्न निर्देशन दिइएको हो।

attariya hospital

टोलीले धनगढीमा सञ्चालनमा रहेका अन्य निजी स्वास्थ्य संस्थाहरूको समेत अनुगमन गरी सेवा सञ्चालनको स्वीकृति, मापदण्ड तथा आवश्यक कानुनी प्रक्रिया पूरा भए–नभएकोबारे जाँच गरेको जनाएको छ।