खाेज्नुहाेस

सुदूरपश्चिमका प्रदेश प्रमुख र मुख्यमन्त्रीबीच छलफल

Image
navjiwan hospital

धनगढी – सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँ र मुख्यमन्त्री खगराज भट्टबिच आज भेटवार्ता भएको छ । प्रदेश प्रमुखको निवासमा भएको भेटवार्ताका क्रममा मुख्यमन्त्री भट्टले प्रदेश सरकारको बजेट लेखनमा भइरहेको प्रगति तथा तयारीका विषयमा प्रदेश प्रमुख मियाँलाई जानकारी गराएका थिए ।

मुख्यमन्त्री भट्टले छिट्टै बजेट ल्याएर प्रदेशमा देखिएको बजेट शून्यता अन्त्य गर्ने तयारी भइरहेको जानकारी गराए । भेटका क्रममा प्रदेशको समग्र विकास, सेवा प्रवाह तथा समसामयिक सहित अन्य विविध विषयमा समेत प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री भट्टबिच छलफल भएको थियो ।

attariya hospital