अत्तरिया – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोदावरी नगर समिति तथा कैलाली निर्वाचन क्षेत्र नम्बर ४ को संयुक्त कार्यालय उद्घाटन गरिएको छ ।

शनिवार गोदावरी नगरपालिका–२, लोटस गल्लीस्थित पार्टी कार्यालयको कैलाली क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य खेमराज कोइराला तथा रास्वपा सुदूरपश्चिम प्रदेश सभापति इ. प्रकाश विष्टको विशेष उपस्थिति उद्घाटन गरिएको हो ।
उनीहरूले पार्टीको चुनाव चिन्ह घण्टी बजाएर पार्टी कार्यालयको उद्घाटन भएको घोषणा गरेका थिए । यसअघि गोदावरी नगर समितिका सभापति आशिष् धामीको सभाध्यक्षयतामा होटल नमस्तेको हलमा विशेष कार्यक्रमको आयोजना गरिएको थियो ।
नयाँ कार्यालय सञ्चालनसँगै गोदावरी नगर समिति र निर्वाचन क्षेत्र नं. ४ अन्तर्गतका पार्टीका गतिविधि तथा सङ्गठनात्मक कामलाई थप व्यवस्थित रूपमा अघि बढाउने बताइएको छ ।

स्थानीय तहमा पार्टीको सङ्गठनात्मक गतिविधिलाई प्रभावकारी बनाउने उद्देश्यले कार्यालय स्थापना गरिएको पार्टीले जनाएको छ ।



















