खाेज्नुहाेस

नेपाली कांग्रेस कैलाली क्षेत्र नं. ४ द्धारा महाधिवेशनको कार्यतालिका सार्वजनिक

Image

अत्तरिया– नेपाली कांग्रेस कैलाली क्षेत्र नं. ४ ले १५औ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । शनिबार क्षेत्रिय सभापति बसन्त रोकाया (ललित) ले केन्द्रिय निर्वाचन समितिद्धारा स्विकृत भएको कार्यतालिका सार्वजनिक गरेका हुन् ।

navjiwan hospital

निर्वाचन कार्यतालिका अनुसार गाउँ– नगरका वडा अधिवेशन स्थानिय अनुकुलता हेरी असोज ३ र ४ गते सम्पन्न गर्न भनिएको छ । त्यस्तै गाउँ तथा पालिका अधिवेशन असोज ७ गते सम्पन्न गर्ने, प्रदेश सभा, क्षेत्रिय अधिवेशन तथा प्रतिनिधि सभा क्षेत्रिय अधिवेशन असोज १० गते गर्न कार्यतालिकामा भनिएको छ । कांग्रेसको केन्द्रिय महाधिवेशन भने असोज १६, १७, १८ र १९ गते राखिएको छ ।

attariya hospital

क्षेत्रिय सभापति रोकायाले केन्द्रिय निर्वाचन समितिद्धारा स्विकृत १५औ महआहधिवेशनको कार्यतालिका बमोजिम महाधिवेशनका विभिन्न चरणहरु सम्पन्न गर्न आग्रह गरेका छन् । उनले पार्टीको आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउन र संगठनलाई थप सुदृढ, गतिशिल र मर्यादित बनाउनका लागि तोकिएको समयसिमा भित्रै जिम्मेवारी पुरा गर्नु सबैको कर्तव्य हुने बताएका छन् ।