खाेज्नुहाेस

फुटबलका महान खेलाडी मेसीले लिए अन्तरराष्ट्रिय फुटबलबाट सन्यास

Image

फुटबलका सर्वकालीन महान् खेलाडी लियोनेल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । नेपाली समयअनुसार सोमबार साँझ उनले २२ वर्षे लामो अन्तर्राष्ट्रिय करियरको अन्त्य भएको घोषणा गरेका हुन् ।

आफ्नो इन्स्टाग्राममा एउटा हस्तलिखित पत्र सार्वजनिक गर्दै उनले भावुक बिदाइ लिएका छन् । उनले लेखेका छन्, ‘समय सकिँदैछ, एउटा चरण पूरा हुँदैछ । यो निकै पीडादायी छ ।’ हालै मात्र आफ्ना बुवा जर्जलाई गुमाएका मेसीले यो कठिन तर सुन्दर यात्रामा साथ दिने आफ्नो परिवारलाई धन्यवाद दिएका छन् । उनले राष्ट्रिय टोलीलाई आफ्नो सबै कुरा दिएको र अब नयाँ पुस्ताका खेलाडीहरूको पालो आएको स्पष्ट पारेका छन् । यद्यपि, उनले इन्टर मियामीबाट भने क्लब फुटबल खेलिरहनेछन् ।

attariya hospital

अर्जेन्टिनाको जर्सीमा उनको यो यात्रा ऐतिहासिक रह्यो, जसमा एउटा विश्वकप उपाधि पनि समावेश छ । विश्वकपको सबैभन्दा ठूलो मञ्चमा उनले छोडेको विरासत यो खेलले देखेको अहिलेसम्मकै सबैभन्दा अद्भुत कथा हो ।

मेसीले अर्जेन्टिनाको जर्सीमा हासिल गरेका उपलब्धीहरु :

navjiwan hospital

१. ६ वटा विश्वकपमा अर्जेन्टिनालाई १ पटक उपाधी जिताउन सफल, ५ पटक क्वाटरफाईनलमा वा त्यो भन्दा माथी र ३ पटक फाईनलमा पु¥याउन सफल
२. विश्वकप इतिहासमा सबैभन्दा धेरै ३४ खेल खेल्ने किर्तिमान कायम जसमा उनका गोलको संख्या २१ रहेको छ ।
३. विश्वकपमा सन् १९६६ यताकै सर्वाधिक १२ वटा असिस्ट ।
४. नकआउट चरणमा १७ गोल योगदान र लगातार ११ खेलमा गोल वा असिस्ट गर्ने कीर्तिमान

मेसीको विश्वकप यात्रा

रोजारियोबाट उदाएका यी सानो कदका जादुगरको यात्रा भने सजिलो थिएन । सन् २००५ मा १८ वर्षको उमेरमा हंगेरीविरुद्ध डेब्यु गर्दा उनी ९० सेकेन्डमै रातो कार्ड खाएर मैदान बाहिरिएका थिए । तर, अर्को वर्ष २००६ को विश्वकपमा सर्बियाविरुद्ध गोल गर्दै उनले आफ्नो विश्वकप यात्राको सुन्दर शुरूआत गरे । सन् २००८ मा अर्जेन्टिनालाई ओलम्पिक स्वर्ण पदक दिलाउनु उनको अर्को ठूलो सफलता थियो ।

सन् २०१४ को विश्वकपमा उनले टोलीलाई फाइनलसम्म पु¥याए र प्रतियोगिताकै उत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल जिते । तर जर्मनीसँगको त्यो हारले उनलाई गहिरो चोट दियो । सन् २०१६ मा चिलीसँग कोपा अमेरिका फाइनलमा पेनाल्टीमा चुकेपछि त उनले भावुक हुँदै सन्यास नै घोषणा गरेका थिए । तर, राष्ट्रको मायाले उनी छिट्टै फर्किए ।

सन् २०२१ मा कोपा अमेरिका जित्दै उनले देशको २८ वर्ष लामो उपाधि खडेरी तोडे । त्यसपछि कतारमा भएको २०२२ को विश्वकप उनको करियरको सबैभन्दा सुनौलो क्षण बन्यो । फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै उनले अन्ततः विश्वकपको ट्रफी उचाले ।