खाेज्नुहाेस

सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनका लागि खगराज भट्टद्वारा दाबी पेस

Image

धनगढी– सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद खगराज भट्टले प्रदेश प्रमुख नजिर मियाँसमक्ष दाबी पेस गरेका छन् । शुक्रबार बिहान प्रदेश प्रमुखको कार्यालय पुगेर भट्टले नेकपा एमालेको समर्थनमा दाबी पेस गरेका हुन् ।

navjiwan hospital

कमलबहादुर शाहले मुख्यमन्त्रीबाट दिएको राजीनामा स्वीकृत भएपछि प्रदेश प्रमुख नजिर मियाँले बिहीबार संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेका थिए । प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार मुख्यमन्त्री शाहले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम प्रदेश सरकारको मुख्यमन्त्री पदबाट दिएको लिखित राजीनामा साउन २८ गतेदेखि लागू हुने गरी स्वीकृत गरिएको थियो ।

attariya hospital

राजीनामा स्वीकृत भएसँगै प्रदेश प्रमुखले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने प्रयोजनका लागि दाबी पेस गर्न आह्वान गरेका थिए ।

नयाँ सरकार गठनका लागि साउन २९ गते शुक्रबार बिहान ११ बजेसम्म प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्न समय दिइएको थियो । प्रदेश प्रमुखको कार्यालयले संविधानको धारा १६८ को उपधारा (२) अनुसार सरकार गठनका लागि आवश्यक बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यले सम्बन्धित दलहरूको समर्थनसहित दाबी पेस गर्नुपर्ने जनाएको छ ।