धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिने भएका छन् । बिहीबार बसेको नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री शाहले पदबाट राजीनामा दिने निर्णय गरेको हो ।

प्रदेश सरकार अल्पमतमा परेसँगै मुख्यमन्त्री शाहले विश्वासको मत लिने वा राजीनामा दिने भन्ने विषयमा राजनीतिक छलफल हुँदै आएको थियो । यसैबीच कांग्रेस संसदीय दलको बैठकले राजीनामा दिने निष्कर्ष निकालेको हो ।

मुख्यमन्त्री शाहले प्रदेश सभामा सम्बोधन गरेर राजीनामा दिने काङ्ग्रेस प्रमुख सचेतक सरस्वती खड्काले जानकारी दिइन्
मुख्यमन्त्री शाहको राजीनामासँगै सुदूरपश्चिममा नयाँ सरकार गठनको बाटो खुल्ने छ ।


















