काठमाडौं – नेपाली कांग्रेसका पूर्वप्रवक्ता डा. प्रकाशशरण महतले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किने क्रममा स्वागतका लागि उपस्थित हुन नेता–कार्यकर्ताहरूलाई आह्वान गरेका छन् ।

काठमाडौंको बसुन्धारामा शनिबार नुवाकोट–१ का अगुवा कार्यकर्ताहरूको भेलालाई सम्बोधन गर्दै उनले पूर्वसभापति देउवाको स्वागतका लागि त्रिभुवन विमानस्थलमा उपस्थित हुन नेता–कार्यकर्ताहरूलाई आह्वान गरेका हुन् ।

महतले पूर्वप्रधानमन्त्री देउवा २६ गते नेपाल आउने तय भएको बताए । देउवा दिउँसो १२ बजे विमानस्थलमा अवतरण हुने छन् । यसअघि बेलुका ९ः४५ बजे नेपाल आउने तय भएको थियो । राती आउँदा स्वागत कार्यक्रममा सहभागि हुन समस्या हुने भएकाले सो समय दिउँसो सारिएको हो ।

















