बझाङ – बझाङमा लागूऔषध चरेश सहित एक जना पक्राउ परेका छन्। जयपृथ्वी नगरपालिका–११ धामीलेखस्थित जोशी किराना एण्ड वाइन कर्नरका सञ्चालक ४८ वर्षीय जयराज जोशीलाई प्रहरीले बुधबार दिउँसो पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले जोशीले सञ्चालन गरेको पसलमा खानतलासी गर्दा ५० ग्राम ५१ मिलिग्राम चरेशजस्तो देखिने कालो पदार्थ, तौल गर्ने हाते तराजु १ थान र नगद १२ हजार ४ सय रुपैयाँ फेला पारेको जनाएको छ।

प्रहरीका अनुसार उक्त पदार्थ पसलभित्र लुकाइछिपाइ राखिएको अवस्थामा बरामद गरिएको हो। पक्राउ परेका जोशीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

















