नेपाली कांग्रेसको देउवा (पूर्वसभापति शेरबहादुर देउवा) समूहले ५ सय ५१ सदस्यीय राष्ट्रिय भेला आयोजक समिति गठन गरेको छ।

शनिबार सम्पर्क कार्यालय चुनदेवीमा पत्रकार सम्मेलन गर्दै देउवा समूहले डा. शशांक कोइरालाको संयोजकत्वमा आयोजक समिति गठन गरेको जानकारी गराएको छ।

देउवा समूहले साउन २९ गते काठमाडौँमा भेला गर्दै छ।

















